logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    182
    SHARES
    नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान
    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

     

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको स्वच्छ ऊर्जाको यात्रा अब नयाँ युगमा प्रवेश गर्ने चरणमा पुगेको बताए। उनका अनुसार, नेपालमा जलविद्युतको अपार सम्भावना, सौर्य ऊर्जाको तीव्र विस्तार, र अन्तरदेशीय प्रसारण पूर्वाधारको विकासले देशलाई क्षेत्रीय स्तरमा दिगो ऊर्जाको केन्द्र बनाउन सक्ने अवसर सिर्जना गरेको छ।

     

    ‘हामीसँग यस्तो क्षमता छ जसले सम्पूर्ण दक्षिण एशियालाई दिगो र स्वच्छ ऊर्जायुक्त बनाउन सक्छ,’ उनले भने, ‘म अन्तर्राष्ट्रिय समुदायलाई निम्तो दिन्छु नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस्, र सबैका लागि हरित भविष्य निर्माणमा सहभागी बन्नुहोस्।’

     

    मन्त्री घिसिङले नेपालको जलविद्युतलाई दक्षिण एशियाको स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक स्रोतका रूपमा परिभाषित गरे। उनले भने, ‘नेपालको जलविद्युत मात्र हाम्रो विकासको इन्धन होइन, यो क्षेत्रीय ग्रिड स्थायित्व र लचकताको मुख्य आधार पनि हो।’

     

    उनका अनुसार, नेपालले दक्षिण एसियामा हरित ऊर्जा निर्यात गर्ने प्रमुख देश बन्ने लक्ष्य लिएको छ। सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यात गर्ने योजनाअनुसार नेपाल–भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन निर्माणमा तीव्र गतिले काम अघि बढाइरहेको उनले जानकारी दिए।

    मन्त्री घिसिङले करिब ८३ हजार मेगावाट जलविद्युत र ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावना रहेको उल्लेख गर्दै यी स्रोत नेपालका छिमेकी देशका सौर्य र वायु ऊर्जाका लागि परिपूरक हुनसक्ने बताए।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट