logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

    कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

    13
    SHARES
    कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

    जुम्ला । कर्णाली राजमार्गअन्तर्गतका पाँच रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार काम नगरी लामो समयदेखि अलपत्र रहेका ठेक्का रद्द गर्न कानुनी प्रक्रिया सुरु गरेको हो।

     

    कार्यालयले कालीकोटमा रहेका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी पाँच ठेक्का तोड्ने तयारीमा सम्बन्धित निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि सार्वजनिक सूचना जारी गरेको छ।

     

    इन्जिनियर सिंहका अनुसार पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेकाले ठेक्का रद्द गर्न बाध्य हुनुपरेको हो। ठेक्का प्राप्त गरी काम नगर्ने व्यवसायीको जमानत जफत र कानुनी कारबाही समेत हुने उनले जानकारी दिए।

     

     

    सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार, सूचनापछि १५ दिनभित्र काम सम्पन्न गर्ने संशोधित योजना वा प्रमाणसहित उपस्थित नभए ठेक्का तोडिनेछ।

     

    कार्यालयले तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी जफत गर्ने र बाँकी खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रावधानसमेत लागू हुने चेतावनी दिएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट