काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको ५० प्रतिशतले हुन आउने ३१ लाख ६३ हजार कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनीले असार २२ देखि साउन २६ गतेसम्म हकप्रद निष्काशन गरेको थियो।