logo

२०८२ कात्तिक १५, शनिबार

logo
  • २०८२ कात्तिक १५, शनिबार
  • नीतिगत सुधार पहिलो प्राथमिकता, लगानीकर्ताको सुरक्षामा शंका नगर्न अर्थमन्त्री खनालको आग्रह

    नीतिगत सुधार पहिलो प्राथमिकता, लगानीकर्ताको सुरक्षामा शंका नगर्न अर्थमन्त्री खनालको आग्रह

    130
    SHARES
    नीतिगत सुधार पहिलो प्राथमिकता, लगानीकर्ताको सुरक्षामा शंका नगर्न अर्थमन्त्री खनालको आग्रह

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सरकारले नीतिगत सुधारलाई पहिलो प्राथमिकतामा राखेको र लगानीकर्ताको सुरक्षाको विषयमा कुनै शंका गर्न नपर्ने बताएका छन्।

     

     

    शुक्रबार अर्थ मन्त्रालयको सभाहलमा लगानी बोर्ड र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा ‘सार्वजनिक–निजी संवाद’ कार्यक्रम सम्पन्न भएको हो। उक्त संवादमा अर्थमन्त्री खनालले केही सुधारका कामहरू निजी क्षेत्रले अनुभव गर्न थालेको जनाउँदै लगानीका लागि देशको वातावरण अनुकूल बन्दै गएको बताए।

     

     

    गृहमन्त्री ओमप्रकाश अर्यालले निजी क्षेत्रले माग गरेको सुरक्षा प्रत्याभूतिको विषयमा गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गरे। उनले सुशासन कायम गर्न राज्यका अंगसँगै निजी क्षेत्रले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

     

     

     

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले कानुनी सुधारबाहेकका प्रशासनिक प्रक्रियाहरूलाई तीव्र गतिमा अगाडि बढाइने बताए।

     

     

     

    नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको भन्दै पूर्वाधारलगायत क्षेत्रहरूमा लगानी गर्न आग्रह गरे।

     

     

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालैको जेनजी आन्दोलनले निजी क्षेत्रमा मानसिक प्रभाव पारेको बताउँदै सरकारले लगानीकर्तालाई पुनः उत्साहित बनाउन नीतिगत सहयोग पुर्‍याउनुपर्ने बताए।

     

     

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानीकर्ताका लागि ‘एकल बिन्दु सेवा प्रणाली’ लागू गर्न लागिएको जानकारी दिँदै लगानी स्वीकृतिका सबै प्रक्रिया एकीकृत रूपमा अगाडि बढाइने बताए।

     

     

     

    संवादमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत निजी तथा सरकारी क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

     


    अर्थ चाैतारी
  • २०८२ कात्तिक १४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट