logo

२०८२ कात्तिक १५, शनिबार

logo
  • २०८२ कात्तिक १५, शनिबार
  • वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने सरकारको निर्णय

    वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने सरकारको निर्णय

    130
    SHARES
    वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने सरकारको निर्णय

    काठमाण्डौ । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

     

     

    प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठनको निर्णय गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। रावलका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ ।

     

     

    खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन् । यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक १४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट