logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

    नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

    754
    SHARES
    नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

    काठमाण्डौ । दुई दिन निरन्तर ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२.१७ अङ्क बढेर २६०७.४२ विन्दुमा पुगेको छ ।



     

    त्यस्तै नेप्सेको सेन्सेटिभ इण्डेक्स १.१४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अङ्कले बढेको छ । आज कारोबारमा आएका ३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

     

    तर मङ्गलबारको तुलनामा बुधवार कारोबार रकम भने घटेको छ । मङ्गलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये बुधवार ११ उपसमूहको परिसूचक बढेको छ । तर २ उपसमूहको परिसूचक घटेको छ ।

     

    जसमा वित्त उपसमूहको परिसूचक ३.४१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ । त्यस्तै आज कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४८ प्रतिशत घटेको छ ।

     

    कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट