logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • एनसेल र मेटलाइफको साझेदारी : अब डेटा प्याकसँगै २ लाखसम्मको बीमा सुरक्षा

    एनसेल र मेटलाइफको साझेदारी : अब डेटा प्याकसँगै २ लाखसम्मको बीमा सुरक्षा

    1.3K
    SHARES
    एनसेल र मेटलाइफको साझेदारी : अब डेटा प्याकसँगै २ लाखसम्मको बीमा सुरक्षा

    काठमाण्डौ । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा नेपालमै पहिलोपटक ‘डाटासँगै जीवन बीमा’ नामक एक अभिनव योजना सुरु भएको छ। यस सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिद गर्दा म्यादी जीवन बीमा र घातक रोगको बीमा सुविधा एकैसाथ पाउन सक्छन्।



     

    यो सेवा लिनका लागि ग्राहकले दुई विशेष प्याकेज रोज्न सक्छन् । पहिलो, ९९ रुपैयाँको प्याक: कर सहितको यो प्याकमा ३ दिनका लागि १०० एमबी डेटा, २ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा, र २ लाख रुपैयाँ बराबरको घातक रोग बीमा पाइन्छ। दोस्रो, ३९ रुपैयाँको प्याक: यो प्याकमा ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा, र ५० हजार रुपैयाँ बराबरको घातक रोग बीमा उपलब्ध छ।

     

     

    दुवै बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ। ग्राहकहरूले एनसेल एप वा *१२३*४*६# डायल गरेर यो प्याक लिन र फाराम भर्न सक्छन्। टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउनेबित्तिकै सुरु हुन्छ भने क्रिटिकल इलनेस कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुनेछ।

     

    एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यस सहकार्यले तल्लो स्तरसम्म बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता बोकेको बताए। मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले सुरक्षा सुविधाको अधिकार सबैलाई हो भन्ने उद्देश्यले यो साझेदारी गरिएको बताए।

     

    यो योजनाले विशेषगरी विकट दूरदराजका समुदायहरूलाई लक्षित गरी सुलभ शुल्कमा डिजिटल माध्यमबाट बीमा सुविधा प्रदान गर्ने र वित्तीय समावेशितामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट