logo

२०८२ कात्तिक २१, शुक्रबार

logo
  • २०८२ कात्तिक २१, शुक्रबार
  • रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    247
    SHARES
    रिलायन्स स्पिनिङ मिल्सले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    काठमाण्डौ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ।

     

    पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

     

    रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।

     

    रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक २०, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट