logo

२०८२ कात्तिक २१, शुक्रबार

logo
  • २०८२ कात्तिक २१, शुक्रबार
  • यी हुन् बक्यौता रकम तिर्ने ११ उद्योग

    यी हुन् बक्यौता रकम तिर्ने ११ उद्योग

    247
    SHARES
    यी हुन् बक्यौता रकम तिर्ने ११ उद्योग

    काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान चलाएसँगै हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर विद्युत लाइन पुनः जोडेका छन् । यसमध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँसहित ठूलो रकम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।

     

    प्राधिकरणका अनुसार गत कार्तिक ४ गते पछाडि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएको थियो । सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा अहिले ११ वटाले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडेका छन् ।रिलायन्स स्पिनिङ मिलले आज मात्रै प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेको बुझाएका हो ।

     

    यसअघि १० उद्योगले ३० लाख ५८ हजार रुपैयाँ बुझाएको जानकारी प्राधिकरणले दिइएको छ । यसरी किस्ता बराबरको रकम बुझाउनेबित्तिकै लाइन जोड्ने नीति प्राधिकरणले अपनाएको छ ।

    यी हुन् ११ उद्योग

    १. घराना फुड्स
    २. सिद्धार्थ पेट प्लास
    ३. एसआर फुड्स
    ४. गोएनका फुड्स
    ५. पञ्चकन्या इन्डस्ट्री
    ६. श्याम प्लास्टिक उद्योग
    ७. भल्बारी सुचालु कारखाना
    ८. पञ्चकन्या प्लास्टिक
    ९. एडुस रोलिङ मिल
    १०. एसआर स्टिल इन्डस्ट्रिज
    ११. रिलायन्स स्पिनिङ मिल

    यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

    प्राधिकरणका अनुसार जसले बक्यौता रकम किस्ता वा पूर्ण रूपमा बुझाउँछ उसको विद्युत लाइन तत्कालै जोडिनेछ ।

    यो अभियानले गर्दा लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरूलाई भुक्तानी गर्न दबाब परेको र राजस्व संकलनमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक २०, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट