logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • सिद्धार्थ बैंककाे असाेज मसान्तसम्म खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ

    सिद्धार्थ बैंककाे असाेज मसान्तसम्म खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ

    923
    SHARES
    सिद्धार्थ बैंककाे असाेज मसान्तसम्म खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ

    काठमाण्डौ । सिद्धार्थ बैंककाे असाेज मसान्तसम्म बैंकले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १५.१७ प्रतिशत घटेको छ ।



     

     

    गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो । यस्तै बैंककाे सञ्चालन मुनाफा पनि ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५० करोडमा खुम्चिएको छ भने बैंककाे प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पुगेकाे छ । यस अवधिमा बैंककाे प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ ।

     

     

    या बैंककाे दुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंककाे खराब कर्जामा सामान्य सुधार देखिएकाे छ । गत वर्षकाे यसै अवधिमा ३.९१ प्रतिशत रहेकाे बैंककाे यराब कर्जा यस अवधिमा ३.८० प्रतिशत कायम भएकाे छ ।

     

     

    चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा आइपुगेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट