काठमाण्डौ । प्रभू बैंक लिमिटेडले तीन महिनामै बैंकले झन्डै ५६ करोड नाफा कमाएको देखिन्छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ५५करोड ८४ ला ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ४६.३३ प्रतिशत कमी हो । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने दोहोरो अंकमा बढेको देखिन्छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १०.१४ प्रतिशत बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा बैंकले यस्तो आम्दानी २ अर्ब ६ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यता, बैंकको संचाल नाफा भने १६.५१ प्रतिशत घटेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ राखेको छ । हाल बैंकसँग ४.९४ प्रतिशत खराब कर्जा छ । यता, हाल बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ छ ।