logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

    विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

    1.7K
    SHARES
    विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

    काठमाण्डौ । विदेशी लगानीलाई सहज र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले ‘फोकल युनिट’ स्थापना गरेको छ। यो युनिट मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत गठन गरिएको हो।



     

    नयाँ फोकल युनिटले विदेशी लगानीसँग सम्बन्धित अन्य मन्त्रालय र निकायहरूसँग समन्वय सुदृढ गर्नेछ। साथै, अन्तरराष्ट्रिय विकास वित्त संस्थासँगको सम्बन्ध पनि सुव्यवस्थित गर्ने जिम्मेवारी यसै युनिटले सम्हाल्नेछ।

     

    अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि बैंकिङ, कर–राजस्व तथा अन्य प्रमुख विषयमा आवश्यक समन्वय र सहजीकरण प्रत्यक्ष रूपमा यही युनिटमार्फत हुनेछ।

     

    मन्त्रालयले उम्मीद गरेको अनुसार, यस युनिटले विदेशी लगानी प्रवाहमा देखिएका अवरोध हटाउन, प्रक्रियाहरू छिटो र पारदर्शी बनाउन, तथा सेवा प्रवाह समयमै सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट