logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह

    प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह

    1.2K
    SHARES
    प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा बढ्दो चापका कारण दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ।



     

    उहाँले शुक्रबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै कात्तिक ३० गते पूरा हुने दर्ता अवधि कम्तीमा केही दिन बढाउन अनुरोध गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

     

    प्रधानमन्त्रीको अनुरोधपछि आयुक्त भण्डारीले पाँच दिनसम्म अवधि थप्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

     

    राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नाम दर्ता गर्न मिल्ने व्यवस्था भएपछि दर्तामा उल्लेख्य भीड देखिएको छ। यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा आउने समस्या र नागरिकले पाउने सेवामा त्यसले पारेको प्रभावबारे पनि आयोगसँग चासो व्यक्त गरेको बताइएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट