logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • शिवम सिमेन्टको नाफामा ठूलो उछाल, पहिलो त्रैमासमै २० करोड ९६ लाख कमायो

    शिवम सिमेन्टको नाफामा ठूलो उछाल, पहिलो त्रैमासमै २० करोड ९६ लाख कमायो

    1.4K
    SHARES
    शिवम सिमेन्टको नाफामा ठूलो उछाल, पहिलो त्रैमासमै २० करोड ९६ लाख कमायो

    काठमाण्डौ । शिवम सिमेन्टले चालु आर्थिक वर्ष२०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



     

    वित्तीय विवरणअनुसार शिवम सिमेन्टले चालु वर्षको असोजसम्म २० करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १५३८.१६ प्रतिशतले बढेको छ।

     

    समीक्षा अवधिमा कम्पनीको १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ९.०३ प्रतिशतले बढेको छ।

     

    चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च १ अर्ब ३० करोड २७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ३.३७ प्रतिशतले घटेको छ।

     

    चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९२.१८ रुपैयाँ रहेको छ।

     


    अर्थ चौतारी
  • आइतबार, ३० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट