logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत काठमाण्डौमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत काठमाण्डौमा

    169
    SHARES
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत काठमाण्डौमा

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाण्डौ आइपुगेका छन्।



    तीन दिने नेपाल भ्रमणका क्रममा गोर बिहीबार साँझ काठमाण्डौ आइपुगेका हुन्। उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटवार्ता गर्नेछन्।

    गोरले तीन दिन नेपालमा रहँदा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसअघि २० अप्रिलमा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले नेपाल भ्रमण गरेका थिए।

    हाल भारतका लागि अमेरिकी राजदूत पनि रहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासपात्र कूटनीतिज्ञ मानिन्छन्।उनको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता हुन्छ वा हुँदैन निश्चित छैन।

    गत फागुन २१ को चुनावपछि शाह नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कूटनीतिज्ञ हुन्।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट