logo

२०८२ कात्तिक ३०, आइतबार

logo
  • २०८२ कात्तिक ३०, आइतबार
  • तीन महिनामा साढे ५ खर्ब भित्रियो रेमिट्यान्स, काम गर्न विदेश जाने कति?

    तीन महिनामा साढे ५ खर्ब भित्रियो रेमिट्यान्स, काम गर्न विदेश जाने कति?

    377
    SHARES
    तीन महिनामा साढे ५ खर्ब भित्रियो रेमिट्यान्स, काम गर्न विदेश जाने कति?

    काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको प्रतिवेदनले उक्त दरले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड भित्रिएको देखाएको हो।

     

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। गत असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो।

     

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४४३ अर्ब ७६ करोड रहेको थियो।

     

     

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ३०, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट