काठमाण्डौ । नेपाल क्रिकेट संघद्वारा भोलि मंसिर १ गतेबाट आयोजना हुन गईरहेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय, हनूमानस्थानमा ल्याइएको थियो । सिद्घार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड यस आयोजनाको सह–प्रायोजक पनि रहेको छ ।
यस कार्यक्रममा कम्पनीको संचालक समितिका सदस्य राजन कृष्ण श्रेष्ठले नेपाल प्रिमियर लिग सफल हुने विश्वास व्यक्त गर्दै कम्पनीले पनि यस प्रतियोगितामा सह–प्रायोजन गर्न पाएकोमा गौरवावित् महसुस भएको व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि यसै गरी खेलकुद क्षेत्रमा विशेषरुपमा जोडिने प्रतिवद्धता व्यक्त गरे ।
यसै क्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बहादुर बैदवार क्षेत्रीले नेपाल प्रिमियर लिगले आम नेपाली खेल प्रेमीमा जगाएको उत्साह समग्र खेल क्षेत्रकालागि उदाहरण बनेको भावना व्यक्त गरे ।
उक्त कार्यक्रममा कम्पनीका कर्मचारीहरुको पनि उत्साहजनक सहभागिता जनाइ नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको सफलताको कामना व्यक्त गरी ट्रफीलाई कम्पनीको परिसरबाट बिदाई गरिएको थियो ।