काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४३ हजार ३ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि समान दरले बढेर २ लाख ४२ हजार ६ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।