काठमाण्डौ । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको कात्तिक ३० गते आइतबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई यो वर्ष २.५० प्रतिशत बोनस सेयर र कर समेत गरि १० प्रतिशत गनद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर २५ गते साधारण सभा पनि बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।