काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व पालन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कम्पनीको केन्द्रिय कार्यालय थापाथलीमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्मचारी तथा कर्पोरेट क्षेत्रका व्यक्तिहरु सक्रिय रूपमा सहभागी भएका थिए। बिहान १० बजेबाट दिउँसो २ बजेसम्म चलेको यस कार्यक्रममा ७० भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका छन्।
कम्पनीले यस कार्यक्रम मार्फत समुदायमा स्वास्थ्यसेवामा योगदान पुर्याउने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ। रक्तदान कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने मात्र नभई कर्मचारी र सरोकारवालाहरुलाई समाजप्रति जागरुक बनाउने उद्देश्य रहेको हो ।
शिखर इन्स्योरेन्सले मंसिर २ गते आफ्नो २१औं वार्षिकोत्सव मनाउँदैछ ।