logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया पदमुक्त, दीपक धामी बने नयाँ अध्यक्ष

    अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया पदमुक्त, दीपक धामी बने नयाँ अध्यक्ष

    585
    SHARES
    अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया पदमुक्त, दीपक धामी बने नयाँ अध्यक्ष

    काठमाडौ । नेकपा एमालेको विद्यार्थी संवगठन (अनेरास्ववियु)का अध्यक्ष सुजन कडरिया पदमुक्त भएका छन्। जेनजी आन्दोलनका बेला पद त्यागेको घोषणा गरेका उनी आन्दोलन सकिएपछि पुनः त्यही पदमा फर्किन खोजेपछि अनेरास्ववियुमा विवाद भएको थियो।

     

    विवादकाबीच सोमबार बसेको पदाधिकारी बैठकले उनलाई हटाएर महासचिव रहेका दीपक धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले जानकारी दिए पदाधिकारीको निर्णय अनुमोदन गराउन ४ गते सचिवालय बैठक समेत राखिएको उनले बताए।

     

    कडरियाले भने आफूले राजीनामा दिएको र त्यसलाई बैठकले स्वीकृत गरिदिएको भन्दै फेसबुकमार्फत धन्यवाद व्यक्त गरेका छन्। ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु।’

     

    राजीनामा दिइसकेको व्यक्तिलाई पुनः अध्यक्षमा स्वीकार गर्न नसकिने भन्दै अनेरास्ववियूमा लामो समयदेखि विवाद चलिरहेको थियो। अन्ततः अनेरास्ववियुको पदाधिकारी बैठकबाट त्यसको निरुपण गरिएको हो।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार