logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

    मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

    312
    SHARES
    मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

    काठमाण्डौ । मौलाकाली केबलकार सञ्चालनमा आउने भएको छ । गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आउने भएको हो ।

     

    अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर आज (सोमबार) बिहानबाट परीक्षण सुरु भएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । योसँगै अब केबलकार व्यवसायिक रुपमा भोलि (मंगलबार) साँझबाट सञ्चालनमा आउने उनले बताए । केबलकारको माथिल्लो स्टेसनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

     

    भदौ २४ को तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेसनमा पूर्ण क्षति पुगेपछि केबलकार बन्द थियो ।

     


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार