logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • एनपीएल उद्घाटन खेलः काठमाडौंले फिल्डिङ गर्ने

    एनपीएल उद्घाटन खेलः काठमाडौंले फिल्डिङ गर्ने

    286
    SHARES
    एनपीएल उद्घाटन खेलः काठमाडौंले फिल्डिङ गर्ने

    काठमाण्डौ । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

     

    सोमबार अपारह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलका निम्ति भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङको निम्तो दिए ।

     

    एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि, जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमाण्डूविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

    पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो । यता, काठमाण्डूले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार