logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • टाटा मोटर्सको थापाथली शोरुम ७० दिनमै पुनः सञ्चालनमा, थप आधुनिक सुविधा सहित सेवा सुरु

    टाटा मोटर्सको थापाथली शोरुम ७० दिनमै पुनः सञ्चालनमा, थप आधुनिक सुविधा सहित सेवा सुरु

    13
    SHARES
    टाटा मोटर्सको थापाथली शोरुम ७० दिनमै पुनः सञ्चालनमा, थप आधुनिक सुविधा सहित सेवा सुरु

    काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित कार शोरुम पुनः सञ्चालनमा आएको छ।

     

    नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आगलागीमा पूर्ण क्षति भएको शोरुम पुनःनिर्माण गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार, नयाँ शोरुममा पूर्ववत सुविधासँगै थप आधुनिक सुविधा पनि थपिएको छ।

     

    जलेको शोरुमलाई ७० दिनभित्र व्यवस्थापन गरी पुनःसञ्चालनमा ल्याइएको थियो। कम्पनीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पुगेको क्षतिलाई मध्यनजर गर्दै शोरुमलाई पहिलाभन्दा अझ राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्यसहित पुनर्निर्माण गरेको जनाएको छ।

     

    शोरुम पुनःसञ्चालनसँगै अब टाटाका प्यासेन्जर कार खरिद गर्न आउने ग्राहकहरूले नयाँ सुविधासम्पन्न शोरुममा सेवा पाउनेछन्। कम्पनीले ७० दिनभित्र शोरुम पुनः सञ्चालनमा ल्याउन सफल भएको र सबै ग्राहक सेवाहरू उपलब्ध गराइने जनाएको छ।

     


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट