logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

    बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

    1.2K
    SHARES
    बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

    काठमाण्डौ । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ । साथै मेलामा पकेटमारी तथा लुटपाट हुन सक्ने भएकोले विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।



     

     

     

    बाल्न आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

     

     

    मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान (भोलि) भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन् ।

     

    यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ ।

     


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट