logo

२०८२ मंसिर १२, शुक्रबार

logo
  • २०८२ मंसिर १२, शुक्रबार
  • सुर्यज्योति लाइफ बागमती सी-रिजनद्वारा अभिकर्ता अभिमुखिकरण सम्पन्न

    सुर्यज्योति लाइफ बागमती सी-रिजनद्वारा अभिकर्ता अभिमुखिकरण सम्पन्न

    260
    SHARES
    सुर्यज्योति लाइफ बागमती सी-रिजनद्वारा अभिकर्ता अभिमुखिकरण सम्पन्न

    काठमाण्डौ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बागमती सी- रिजनले बुधबार एजेन्सी अभिमुखिकरण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

     

    भरतपुरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नायब कार्यकारी अधिकृत फर्शुराम मरासिनी, तालिम विभाग प्रमुख उत्तम आचार्य लगायतको उपस्थित रहेको बागमती सी- रिजनकी रिजनल म्यानेजर यशोदा ढुंगानाले जानकारी दिईन ।

     

    कार्यक्रम बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बीमाको महत्व र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पारेका थियो । त्यसैगरी कार्यक्रममा बोल्दै नायब कार्यकारी अधिकृत फर्शुराम मरासिनीले कम्पनीलाई उत्कृष्ट स्थानमा पुराउन एजेन्सी साथीहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै यो आर्थिक वर्षमा समेत उत्कृष्ट कारोबार गर्न शुभकामना दिए । कार्यक्रममा व्यापारीक रणनीतिका बारेमा समेत छलफल गरिएको थियो ।

     

    कार्यक्रम गएको वर्ष २०८१/८२ मा उत्कृष्ट कारोबार गर्ने सिनियर एजेन्सी म्यानेजर, चियरम्यान क्लब मेम्बर, सिईय‍ो क्लब मेम्बर र वान एम क्लब मेम्बरका साथै कम्पनीमा लगातार १० वर्ष सम्म काम गर्ने एजेन्सीहरुलाई सम्मानित गरिएको बागमती सि रिजनकी रिजनल म्यानेजर यशोदा ढुंगानाले जानकारी दिईन ।

     

    कार्यक्रममा जीवन बीमाको महत्व, ३५ वटा घातक रोगहरु बिरुद्ध उपचार सुविधा तथा कम्पनीका विभिन्न बीमा योजनाहरु र सुविधाहरुको बारेमा अभिमुखिकरण भएको थियो । कार्यक्रममा १ सय २० जना भन्दा बढी अभिकर्ताहरु उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १२, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट