logo

२०८२ मंसिर १२, शुक्रबार

logo
  • २०८२ मंसिर १२, शुक्रबार
  • एनसेलद्धारा ग्राहकका लागि ‘एनपीएल प्ले प्याक’ संचालनमा

    एनसेलद्धारा ग्राहकका लागि ‘एनपीएल प्ले प्याक’ संचालनमा

    260
    SHARES
    एनसेलद्धारा ग्राहकका लागि ‘एनपीएल प्ले प्याक’ संचालनमा

    काठमाण्डौ । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ ।

     

    एनसेलका अनुसार ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको हो । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित रु २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ ।

     

    एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउनेछन् । ग्राहकले एनसेल एप वा*१२३# डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न पाउनेछन् ।

     


    अर्थ चाैतारी
  • २०८२ मंसिर १२, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट