logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्युरा हेल्थमा विशेष छुट

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्युरा हेल्थमा विशेष छुट

    1.1K
    SHARES
    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्युरा हेल्थमा विशेष छुट

    काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा रहेको क्युरा हेल्थले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।



     

     

    सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवा (स्याम्पल कलेक्सनका लागि निःशुल्क होम डेलिभरीको सुविधासहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

     

     

    सम्झौतापत्रमा बैकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थका तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन्। यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहक क्युरा हेल्थको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • आइतबार, २१ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट