logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • ओली प्यानलमा केन्द्रीय सदस्य परेका भीम आचार्यले दिए उपाध्यक्षमा उम्मेदवारी

    ओली प्यानलमा केन्द्रीय सदस्य परेका भीम आचार्यले दिए उपाध्यक्षमा उम्मेदवारी

    1.5K
    SHARES
    ओली प्यानलमा केन्द्रीय सदस्य परेका भीम आचार्यले दिए उपाध्यक्षमा उम्मेदवारी

    विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।



     

    ओली प्यानलबाट केन्द्रीय सदस्यको लिष्टमा परेका आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीमा कामको मूल्यांकन हुनुपर्ने भन्दै उपाध्यक्षमा उठ्ने तयारी गरेको उनले बताए । मनोनयन दर्ता पछि आचार्यले भने, ‘पार्टीमा कामको मूल्यांकन हुनुपर्छ । तसर्थ कामको मूल्यांकन र न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला ।’

     

     

    आचार्य नवौँ महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । कोशी प्रदेश सरकारको मुख्यमन्त्री भएका आचार्यविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ ।

     

     

    आफूले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट