logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’

    इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’

    2.3K
    SHARES
    इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’

    काठमाण्डौ । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सुरु गरेको छ ।



     

    यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू-जस्तै भेरीफाईड ड्राईभर प्रोफाईल, रियल–टाइम राइड ट्याकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई-तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको छ । प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको छ ।

     

     

    इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “सुरक्षा केवल एउटा सुविधा मात्र होइन, यो साझा जिम्मेवारी हो । इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन चाहन्छौं कि भेरीफाईड ड्राईभर छनोट गर्ने, रेटिङ जाँच गर्ने वा लाइभ राइड सेयर गर्ने जस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठुलो भूमिका खेल्दछ ।”

     

     

    अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउण्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्नेछ, जून यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरूमा केन्द्रित हुनेछ । विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिङ सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु यस पहलको मुख्य उद्देश्य हो ।

     

     

    इनड्राइभको पीयर–टु–पीयर मूल्य निर्धारण मोडेल र सशक्त सुरक्षा संरचनाले नेपालमा बढ्दो मोबिलिटी इकोसिस्टममा यस प्लेटफर्मलाई फरक र विशिष्ट बनाउँदै आएको छ । यस अभियानमार्फत इनड्राइभले सुरक्षित, निष्पक्ष र पारदर्शी राइड–हेलिङ वातावरण निर्माणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोर्होयाएको छ । ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ अभियान इनड्राइभको डिजिटल प्लेटफर्महरूमा संचालन हुनेछ र यसलाई समुदाय संलग्नता मार्फत विस्तार गरिनेछ ।


    अर्थ चौतारी
  • आइतबार, ६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट