logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • सलिकोको प्रदेशव्यापी बीमा सचेतना अभियान सम्पन्न

    सलिकोको प्रदेशव्यापी बीमा सचेतना अभियान सम्पन्न

    702
    SHARES
    सलिकोको प्रदेशव्यापी बीमा सचेतना अभियान सम्पन्न

    काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नारासहित कोशी प्रदेशमा प्रदेशव्यापी बीमा सचेतना तथा मार्केटिङ अभियान सम्पन्न गरेको छ । बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै सर्वसाधारणमा बीमाप्रतिको जानकारी र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो अभियान संचालन गरेको कम्पनकिो भनाई छ ।



    कम्पनीले आज पुस ११ गते कोशी प्रदेशअन्तर्गत विराटनगर, इटहरी, धरान र बिर्तामोड मा एकैसाथ अभियान सञ्चालन गरेको हो। चयन गरिएका प्रमुख क्षेत्रहरूमा एकै समय कार्यक्रम सञ्चालन गरी एउटै सन्देशलाई समान ढंगले अधिकतम जनसमुदायसम्म पुर्‍याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

     

    कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम का अनुसार ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने सन्देशलाई केन्द्रमा राखी अभियान अन्तर्गत स्थलमै पुगेर जनसम्पर्क, जानकारीमूलक संवाद तथा बीमा सेवासम्बन्धी प्रत्यक्ष परामर्श प्रदान गरिएको थियो। यस अभियानमार्फत बीमाका फाइदा, जोखिम व्यवस्थापन र दीर्घकालीन संरक्षणबारे सर्वसाधारणलाई व्यवहारिक रूपमा जानकारी गराइएको उनले बताए।

     

     

    अभियानका मुख्य उद्देश्यहरू
    कम्पनीका बीमा उत्पादनबारे व्यापक सचेतना फैलाउने
    बीमाका फाइदा, सुरक्षा र दीर्घकालीन संरक्षणबारे जनतालाई शिक्षित गर्ने
    गुणस्तरीय ग्राहक सम्पर्क (लीड) सिर्जना गर्दै ब्रान्ड दृश्यता सुदृढ बनाउने

    कम्पनीले आयोजना गरेको यस अभियानलाई सफल बनाउन सबै कर्मचारीको सक्रिय सहभागिता र सहकार्य महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। “कर्मचारीहरूको उत्साह, प्रतिबद्धता र टोलीभावनाले नै ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने नारालाई व्यवहारमा उतार्न सहयोग पुगेको छ,” कम्पनी स्रोतले बताएको छ।

    कम्पनीले यस पहललाई समुदायसँग नजिकिँदै सेवा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा लिएको बताउँदै आगामी दिनहरूमा यही नारासहित प्रदेशभर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


    अर्थ चौतारी
  • शनिबार, १२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट