logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

    सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

    1.2K
    SHARES
    सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।



     

    कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले लमजुङका स्थानीयलाई १५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ। जस मध्ये लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ६ लाख २० हजार कित्ता र बाँकि ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नम्बर १,४,५,६,७,८, र ९ नम्बर वडाका स्थानीयलाई निष्काशन हुने छ ।

     

     

    यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा माघ १० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सक्ने छन्।

     

     

    त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा पुस २५ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

     

     

    नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने छ।

     

     

    यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ। यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट