logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • तेह्रथुम पावरले लालुपाते हाइड्रोको १ लाख कित्ता शेयर किन्ने

    तेह्रथुम पावरले लालुपाते हाइड्रोको १ लाख कित्ता शेयर किन्ने

    936
    SHARES
    तेह्रथुम पावरले लालुपाते हाइड्रोको १ लाख कित्ता शेयर किन्ने

    काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख कित्ता शेयर खरिद गर्ने भएको छ। कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले शेयर खरिद गर्ने निर्णय गरेको हो।



     

     

    लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले मनाङमा ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाबाट २०८४ कार्तिक ५ गते विद्युत उत्पादनको लक्ष्य राखिएको छ। आयोजनाको निर्माण कार्य सन्तोषजनक रुपमा अगाडी बढेको र आयोजना बजेटको हिसाबले समेत तुलनात्मक रुपमा राम्रो रहेकोले लगानीको निर्णय गरिएको कम्पनीले जनाएको छ ।

     

     

    आयोजनाको कुल लागत ९९६ करोड रुपैयाँ रहेको छ। जसमा बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी हुने छ भने बाँकि २४९ करोड रकम इक्विटी मार्फत जुटाइने छ।

     

     

    आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरि विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने छ ।

     

     

    यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट