logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • समानुपातिक उम्मेदवार : बालेन पक्षको भागमा ४० जना

    समानुपातिक उम्मेदवार : बालेन पक्षको भागमा ४० जना

    1.6K
    SHARES
    समानुपातिक उम्मेदवार : बालेन पक्षको भागमा ४० जना

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो ।



     

    निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन शाह पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको स्रोतले बतायो ।

     

    रास्वपा र बालेनबीच आइतबार बिहान भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय उल्लेख भने छैन । तर यसबारे मौखिक समझदारी भएको स्रोतले बतायो । ‘समानुपातिकतर्फ बालेनजीलाई ४० जनाको नाम ल्याउनुस् भनिएको छ,’ स्रोतले भन्यो, ‘रास्वपाका बाँकी ७० जना हुन्छन् ।’ विभिन्न जेनजी समूहका अगुवा पनि बालेनको सूचीमा पर्ने स्रोतको भनाइ छ ।

     

    रास्वपाले समानुपातिक सांसद उम्मेदवार चयन गर्न आन्तरिक भोटिङ चलाइरहेको छ । त्यसमा लोकप्रिय मत पाउनेलाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार