काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म लघु जीवन बीमकले सवा ४२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नोपल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ३ वटा लघु जीवन बीमकले ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख २२ लाख ८ हजार ३९ वटा रहेका छन्।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख ५ लाख २७ हजार १०२ वटा रहेको छ।
यसैगरी मंसिरसम्म गार्डियन माइक्रो लाइफले १४ करोड ७२ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १२ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यी कम्पनीको सक्रिय बीमालेख संख्या क्रमशः १३ लाख ८१ हजार १९७ वटा र २ लाख ९९ हजार ७४० वटा रहेको छ।
अर्थ चौतारी ।