logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से २६०० माथि

    शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से २६०० माथि

    1.6K
    SHARES
    शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से २६०० माथि

    काठमाण्डौ । आज शेयर शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

    आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६० लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको २२ करोड ७५ लाखको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १८ करोड ९२ लाखको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।

     

     

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

     

    बजारमा आज २३८ कम्पनीको शेयरभाउ बढ्दा २१ कम्पनीको घटेको छ। यो दिन बजारमा साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    • युनियन हाइड्रोपावरः २७ करोड ६० लाख रुपैयाँ
    • मञ्जुश्री फाइनान्सः २४ करोड ८९ लाख रुपैयाँ
    • सिनर्जी पावरः २२ करोड ७५ लाख रुपैयाँ
    • एसवाई प्यानलः १८ करोड ९२ लाख रुपैयाँ
    • शिवम सिमेन्टः १७ करोड १३ लाख रुपैयाँ
    • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ९० लाख रुपैयाँ
    • बुटवल पावरः ११ करोड ७७ लाख रुपैयाँ
    • राधी विद्युतः १० करोड २० लाख रुपैयाँ
    • ङादी ग्रुप पावरः ९ करोड २४ लाख रुपैयाँ
    • सन नेपाल लाइफः ८ करोड ६० लाख रुपैयाँ

     

    आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट