logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • पूर्व सचिव डा. गणेश प्रसाद पाण्डेय बीमा प्राधिकरणको सञ्चालक पदमा नियुक्त

    पूर्व सचिव डा. गणेश प्रसाद पाण्डेय बीमा प्राधिकरणको सञ्चालक पदमा नियुक्त

    1.6K
    SHARES
    पूर्व सचिव डा. गणेश प्रसाद पाण्डेय बीमा प्राधिकरणको सञ्चालक पदमा नियुक्त

    काठमाण्डौ । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेयलाई नियुक्त गरेको छ ।



     

    मन्त्री परिषदको शुक्रबारको बैठकले पाण्डेयलाई सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको प्राधिकरणका अध्यक्ष जनक शर्माले जानकारी दिए। पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त सचिव हुन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको हैसियतमा बीमा प्राधिकरणको सञ्चालक रही सकेका छन् ।

    बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ।

     

    प्राधिकरणको पाँच सदस्यीय सञ्चालक समितिमध्ये पछिल्लो समयमा जम्मा ३ सदस्य रहेकोमा गत महिना सन्तोष रिजालको कार्यकाल गत मंसिर १६ गते पुरा भएपछि जम्मा २ सदस्यमा सीमित हुन पुगेको थियो। दुई जना मात्र सदस्य रहेकाले गत मंसिर १७ गतेयता प्राधिकरणको सञ्चालक समिति बैठक बस्न सकेको थिएन।


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट