काठमाण्डौ । कालिञ्चोक दर्शनको ४९ लाख ४१ हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार कुल ४९ लाख ४१ हजार ६०० कित्ता शेयरको लकइन अवधि आउँदो माघ १७ गते सकिनेछ। त्यसपछि यी शेयरको कारोबार फुकुवा हुनेछ।
कम्पनीको संस्थापक समूहको ४८ लाख कित्ता, कर्मचारीको २१ हजार ६०० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीयको १ लाख २० हजार कित्ता शेयर लकइनमा राखिएको छ। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले यी समूहका शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।
अर्थ चौतारी ।