logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    1.8K
    SHARES
    लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकले हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश छन्। बैंकको सभाले सो प्रस्ताव पारित गरेको छ ।



     

    बैंकको पच्चिसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१र ०८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु ९सहायक कम्पनी समेत छलफल गरी स्वीकृत गरेको छ ।

     

     

    सभाले बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०८२र०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

     

     

    सभाले उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल के सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

     

     

    आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट