logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • एक महिनामा जीवन बीमकले संकलन गरे ४ अर्ब २४ करोड बीमाशुल्क, कुनको कति ?

    एक महिनामा जीवन बीमकले संकलन गरे ४ अर्ब २४ करोड बीमाशुल्क, कुनको कति ?

    2.5K
    SHARES
    एक महिनामा जीवन बीमकले संकलन गरे ४ अर्ब २४ करोड बीमाशुल्क, कुनको कति ?

    काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल ४ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ३ लाख ५६ हजार २६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ४ अर्ब २४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।



     

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४५ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ५२ करोड ४० लाख बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३६ करोड ७४ लाख बीमाशुल्क संकलन गरेको छ ।

     

    सूर्यज्योति लाइफले २६ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २१ करोड ९२ लाख बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २० करोड ९९ लाख रुपैयाँ बप्माशुल्क संकलन गरेको छ ।

     

    सिटिजन लाइफले २० करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १९ करोड ५३ लाख, रिलायबल नेपाल लाइफले १९ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १८ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

     

    प्रभु महालक्ष्मी लाइफले १४ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १३ करोड १ लाख बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १० करोड ८५ लाख बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट