logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब नाघ्यो

    सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब नाघ्यो

    1.9K
    SHARES
    सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब नाघ्यो

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस- पीएमएस) प्रदान गर्दै आएको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गतको एसेट अन्डर म्यानेजमेन्ट (एयूएम) १ अर्ब रुपैयाँ नाघेको छ ।



     

    कम्पनीका अनुसार यो उपलब्धिले सिद्धार्थ क्यापिटलप्रति लगानीकर्ताहरूको विश्वास र संस्थाको सुदृढ व्यवस्थापन क्षमतालाई देखाएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले यो उपलब्धि संस्थाका लागि मात्र नभई सम्पूर्ण ग्राहकवर्ग, साझेदार, नियामक निकाय तथा कर्मचारीहरूको विश्वास र सहयोगको परिणाम भएको बताए ।

     

     

     

    उनले सिद्धार्थ क्यापिटल दीर्घकालीन तथा सुरक्षित लगानीमार्फत दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे । संस्थाले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन, सामूहिक लगानी कोष, निक्षेप सदस्य, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ । पारदर्शिता, जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना संस्थाको मुख्य प्राथमिकता रहँदै आएको कम्पनीले जनाएको छ ।

     

    सिद्धार्थ क्यापिटलले आगामी दिनमा नवीन लगानी उपकरण विस्तार, प्रविधिमा आधारित सेवा सुदृढीकरण तथा लगानीकर्ताको अनुभव अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ । यस ऐतिहासिक उपलब्धिमा कम्पनीले ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट