logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आज सन् २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै

    आज सन् २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै

    1.7K
    SHARES
    आज सन् २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै

    काठमाण्डौ । आज डिसेम्बर ३१ तारिख अर्थात् सन् २०२५ को अन्तिम दिन हो। भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै छ। विश्वभरि ग्रेगोरियन क्यालेन्डर अनुसार नयाँ वर्षको उत्साहपूर्ण तयारी भइरहेको छ भने नेपालमा यसलाई स्वागत गर्दै छन् ।



     

    विश्वका धेरै देशमा नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी, पार्टी र परिवारसँगको भेलाको रौनक हुने गर्दछ । नेपालमा भने आधिकारिक नयाँ वर्ष बैशाख १ गते (बिक्रम सम्बत अनुसार) मनाइने भए पनि ग्रेगोरियन नयाँ वर्षलाई पनि विशेष गरी शहरहरूमा उत्सवका साथ मनाउने चलन बढ्दै गएको छ ।

     

    शहरी क्षेत्रमा आजको दिनलाई न्यु ईयर इभको रुपमा मनाउने गर्छन्। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा अंग्रेजी नयाँ वर्षको रमझम बढी देखिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा अंग्रेजी नयाँ वर्षको विशेष रौनक हुने गरेको छ ।

     


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट