logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • स्वस्तिक लघुवित्तको सीइओमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त

    स्वस्तिक लघुवित्तको सीइओमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त

    845
    SHARES
    स्वस्तिक लघुवित्तको सीइओमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त

    काठमाण्डौ । स्वस्तिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त भएका छन् । लघुवित्तको पुस १३ गते बसेको संचालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालको लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।



     

    कम्पनीका अनुसार कर्णको नयाँ कार्यकाल २०८२ माघ १ गतबाट सुरु हुने छ। कम्पनीले यस अघि उनलाई २०७८ माघ १ गतेदेखि लागू हुने गरि सीइओ नियुक्त गरेको थियो। उनको ४ वर्षको कार्यकाल सकिन लागेकोले कम्पनीले उनलाई नै फेरि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

     

     

    कर्ण १५ वर्षदेखि लघुवित्त क्षेत्रमा संलग्न छन् । उनीसँग जीवन विकास लघुवित्त, मिथिला लघुवित्त, इन्फिनिटी लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ। कर्णले आफ्नो पहिलो कार्यकालको क्रममा लामो समयदेखि रोकिएको कम्पनीको आइपीओ निष्काशन प्रक्रियालाई अघि बढाएर लघुवित्तको आईपीओ निष्काशन गर्न सफल भएका थिए । हाल लघुवित्तको शेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार भईरहेको छ।

     

     

    यस लघुवित्त वित्तीय संस्था “घ” वर्गको प्रदेशिकस्तरको वित्तीय संस्था हो जसको कार्यक्षेत्र मधेस प्रदेश (प्रदेश नं. २) रहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट