काठमाण्डौ । आज पुस १६ गते बुधबार ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १६ गते अन्तिम दिन हो।
जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र निर्धन उत्थान लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त, चिलिमे हाइड्रो, फर्स्ट माइक्रोफाइनान्स र इमर्जिंग नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कुनको लाभांश कति र साधारणसभा कहिले?
निर्धन उत्थान लघुवित्त: ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
लाइफ इन्स्योरेन्स कर्पोरेशन: २१.०५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
ग्रिन डेभलपमेन्ट बैंक: ८०.३९६ प्रतिशत बोनस शेयर र ०.४२३१ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
महुली लघुवित्त: ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
चिलिमे हाइड्रो: ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
फर्स्ट माइक्रोफाइनान्स: ६.५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
इमर्जिंग नेपाल: ५.२६३१५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
अर्थ चौतारी ।