logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • चुनावको वातावरण बन्यो, लगानीको वातावरण अझै बनिसकेको छैन : चन्द्र ढकाल

    चुनावको वातावरण बन्यो, लगानीको वातावरण अझै बनिसकेको छैन : चन्द्र ढकाल

    1.7K
    SHARES
    चुनावको वातावरण बन्यो, लगानीको वातावरण अझै बनिसकेको छैन : चन्द्र ढकाल

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको संरक्षण सुनिश्चित नगरी समृद्धि हासिल गर्न नसकिने बताएका छन्। बुधबार संघले आयोजना गरेको सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई लोकतन्त्र संस्थागत गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।



     

    ‘निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि हो, आसन्न निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रसंशनीय छ,’ढकालले भने, ‘निर्वाचनमा सहभागीताका लागि सबै राजनीतिक दलले देखाएको तत्परताले सकारात्मक वातावरण बनेको छ।’

     

    तर, उनले समृद्धिको मूल आधार मानिने निजी क्षेत्रको संरक्षणको विषय ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गरे। ‘समृद्धिका लागि निजी क्षेत्रको संरक्षण अनिवार्य छ, तर निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने ग्यारेन्टी अझै भएको छैन,’ ढकालले भने, ‘निजी क्षेत्र ढुक्क भएर लगानी गर्ने वातावरण बनेको छैन।’

     

    गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने जोखिम रहेको उनले औंल्याए। ‘गलत काम गर्नेहरूलाई कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका स्वभाविक हो,’ ढकालले भने।

     

     

    सम्पत्तिको सुरक्षा र लगानीबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने,‘सम्पत्तिको सुरक्षा नभएसम्म लगानीको वातावरण महसुस हुँदैन। लगानी नभइ रोजगारी हुँदैन।’


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट