logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त

    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त

    1.2K
    SHARES
    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त

    काठमाण्डौ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् ।



    उपकुलपति नियुक्तिका लागि मापदण्ड कडा भएकाले उम्मेदवारी नपरेको भन्दै पहिलो पटक सूचना जारी गर्दा आवेदन नपरेपछि पुनः दरखास्त आह्वान गरिएको थियो । दोस्रो पटक सूचना जारी गर्दा पनि उम्मेदवारी नपरेपछि तेस्रो पटक सूचना प्रकाशित गरिएको थियो ।

    तेस्रो पटकको सूचनामा दुई जनाको मात्र नामावली दर्ता भएको थियो । तीमध्ये एक जनाको योग्यता मापदण्डअनुसार नपुगेकाले उपकुलपति पदमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका हुन् ।

    यस्तै, सोही विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन् । रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो ।

    मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिन विषयका प्राध्यापक हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ असार ४ गते प्रमाणीकरण गरेसँगै उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट