काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने योजना अनुरुप गण्डकी प्रदेश अन्र्तगत गोरखामा कम्पनीको उप–शाखा कार्यालय विस्तार गरेको छ । उक्त उप शाखा कार्यालय गोरखा वडा नं.६ का अध्यक्ष राजेन्द्र कुमार जोशी तथा कम्पनीको प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव , मार्केटिङ्गग हेड अशोक कुमार कुंवर, क्षेत्रिय प्रमुख शिव प्रसाद पौडयाल, उप–शाखा प्रमुख हेमराज गुरुङ्ग तथा अभिकर्ता र बीमालेखधारहरुको उपस्थितमा वडा नं.६ को अध्यक्षले उद्घाटन गरेका हुन् ।
गोरखामा कम्पनीको उक्त उप–शाखा विस्तारले यस क्षेत्रमा तथा यस क्षेत्रको वरिपरि रहेको ठाउँहरुमा लघु बीमाको सेवा सजिलै लिन सक्ने तथा लघु जीवन बीमाको सचेतनाले पनि यस क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने गोरखा वडा न.६ का अध्यक्ष राजेन्द्र कुमार जोशीले बताए ।
त्यस्तै, उक्त गोरखा उप–शाखाको विस्तार संगै कम्पनीले २० वटा शाखा, उप–शाखा १ वटा प्रादेशिक कार्यालयबाट आफ्नो सेवा दिदैं आएको र भविष्यमा पनि यसै गरी अन्य उपयुक्त ठाउँहरुको पहिचान गर्दै शाखा तथा उप–शाखा विस्तार गर्ने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
अर्थ चाैतारी ।