काठमाण्डौ । फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको लागि भईरहेको उम्मेदवारी दर्ताको उत्साह शेयरबजारमा पनि देखिएको छ। उम्मेदवर दर्ता भईरहेको दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ४२.२६ अंकले बढेर २७१४.८१ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३ सय ३९ कम्पनीका २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता शेयर खरिद बिक्रीबाट ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० रुपैयाँ ६७ पैसाको कारोबार भएको छ। जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचरको सर्वाधिक ४० करोड ७९ लाखको कारोबार भएको छ भने राधि विद्युतको ३९ करोड ३ लाख तथा मन्जुश्री फाइनान्सको ३७ करोड ७ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये गोर्खाज फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने आँखु खोला जलविद्युतको शेयर मूल्य ८.१३ प्रतिशत बढेको छ। त्यस्तै राप्ती हाइड्रोको शेयर मूल्य ७.८७ प्रतिशत, नेशनल हाइड्रोको शेयर मूल्य ७.३२ प्रतिशत तथा एनआरएन इन्फ्रास्ट्रकचरको शेयर मूल्य ७.०४ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये सिद्धार्थ बैंकको ऋणपत्रको शेयर मूल्य ४.२३ प्रतिशत, प्राइम बैंकको ऋणपत्रको शेयर मूल्य ३.७९ प्रतिशत घटेको छ। त्यस्तै सुपर मादीको शेयर मूल्य ३.४३ प्रतिशत, तथा साम्लिंग पावर कम्पनीको शेयर मूल्य २.८२ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका मध्ये सबै समूहगत उपसूचक बढेका छन् । जस मध्ये होटेल समूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ।
अर्थ चाैतारी ।