logo

२०८२ माघ ६, मंगलबार

logo
  • २०८२ माघ ६, मंगलबार
  • एपमार्फत यात्रा बुकिङ सेवा उपलब्ध गराउन ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी

    एपमार्फत यात्रा बुकिङ सेवा उपलब्ध गराउन ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी

    429
    SHARES
    एपमार्फत यात्रा बुकिङ सेवा उपलब्ध गराउन ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी

    काठमाण्डाै । नेपालकै सबैभन्दा ठूलो अनलाइन यात्रा बजार ट्रिप टर्बो र देशका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड बीच nBank मोबाइल एपमार्फत यात्रा बुकिङ सेवालाई अझ सहज र सुलभ बनाउने उद्देश्यले साझेदारी सम्झौता भएको छ।



    उक्त सम्झौतामा नबिल बैंक लिमिटेडका उप–प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ लिड विमल राज पौडेलले हस्ताक्षर गरेका हुन्।

    यस साझेदारीपछि अब नबिल बैंकका ग्राहकहरूले बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, साथै विभिन्न यात्रा गतिविधिहरू nBank मोबाइल एपमार्फत सिधै बुक गर्न सक्नेछन्। यसले बैंकिङ र यात्रा सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै प्रयोगकर्तालाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नेछ।

    nBank एपको Home > More > Marketplace  सेक्सनमार्फत ट्रिप टर्बो चयन गरेपछि प्रयोगकर्ताहरू ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा प्रवेश गर्नेछन्, जहाँ उनीहरूले यात्रा सेवा खोज्न, छनोट गर्न र nBank मार्फत सुरक्षित भुक्तानी गर्न सक्नेछन्।

    प्रविधिमार्फत यात्रालाई सरल बनाउनु नै ट्रिप टर्बोको मूल लक्ष्य रहेकाे ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । नबिल बैंकसँगको यो साझेदारीले nBank एपमार्फत ग्राहकहरूलाई अझ सहज र सुरक्षित तरिकाले यात्रा योजना र बुकिङ गर्न सहयोग पुर्‍याउने ट्रिप टर्बोका संस्थापक प्रसाईंले बताए ।

    nBank एपको मार्केटप्लेसमा ट्रिप टर्बोलाई साझेदारका रूपमा समावेश गर्न पाउँदा अत्यन्तै खुसी भएकाे त्यसैगरी, नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले बताए । यस साझेदारीले हाम्रो ग्राहकहरूलाई एउटै एपमार्फत यात्रा योजना, बुकिङ र भुक्तानी गर्न थप सहज बनाउने बैंककाे अपेक्षा रहेकाे उनले बताए ।

    हाल यो सेवा सबै nBank प्रयोगकर्ताहरूका लागि उपलब्ध भइसकेको छ। ग्राहकहरूले अब ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू nBank मोबाइल एपमार्फत सिधै खोज्न, बुक गर्न र भुक्तानी गर्न सक्नेछन्, जसले यात्रा योजना प्रक्रिया अझ सरल र सुविधाजनक बनाउनेछ।

    थप जानकारीका लागि [www.tripturbo.com] मा भ्रमण गर्नुहोस् वा [support@tripturbo.com] मा सम्पर्क गर्नुहोस्।

    ट्रिप टर्बो बारे

    ट्रिप टर्बो नेपालकै सबैभन्दा ठूलो अनलाइन यात्रा बजार हो, जसले यात्रुहरूलाई उडान, बस, गतिविधि तथा बसाइ सेवासँग जोड्दछ। सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले सेप्टेम्बर २०२४ मा मोबाइल एप औपचारिक रूपमा सार्वजनिक गरेको हो। हाल ट्रिप टर्बो एन्ड्रोइड, iOS तथा वेब प्लेटफर्ममा उपलब्ध छ।

    नबिल बैंक लिमिटेड बारे

    नबिल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्था हो, जसले नवीन, डिजिटल तथा ग्राहक–केन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका देशभर २६८ शाखा र ३२१ एटीएम सञ्जाल सञ्चालनमा छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट