logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • लगातार दोस्रो दिन सुन-चाँदीकाे मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाखमा झर्‍यो, चाँदी कति ?

    लगातार दोस्रो दिन सुन-चाँदीकाे मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाखमा झर्‍यो, चाँदी कति ?

    1.1K
    SHARES
    लगातार दोस्रो दिन सुन-चाँदीकाे मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाखमा झर्‍यो, चाँदी कति ?

    काठमाण्डौ । लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्यमा भारी गरिावट आएको छ । गत शुक्रबार एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज पनि तोलामा १८ हजार ८०० रुपैयाँ घटेको छ।



    नेपाल सुनचाँदी व्यवायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    पछिल्लो दुई दिनदेखि चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। यस दिन चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट